विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ
डार्फर । सुडानको डार्फर क्षेत्रमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले पछिल्लो समयमा गरेको आक्रमणमा ४ सयभन्दा बढीको मृत्यु भएको ‘विश्वस्त स्रोत’ लाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।
गत हप्ता आरएसएफले विपक्षी सुडानी सेनाको कब्जामा रहेको राजधानी डार्फरलाई कब्जा गर्ने लक्ष्यसहित एल–फासेर सहरको आसपासमा रहेको शरणार्थी क्याम्पमा भीषण स्थल र हवाई आक्रमण गरेको थियो ।
देशका दुई सुरक्षा बलहरूबिच सन् २०२३ को अप्रिलदेखि हिंसात्मक शक्ति संघर्ष जारी रहेको छ । यसले विश्वकै सबैभन्दा ठुला मानवीय संकट सिर्जना गरेको छ भने लाखौँ मानिस आफ्नो घर छाडेर जान बाध्य भएका छन् ।
राष्ट्रसंघले बिहीबारदेखि शनिबारसम्म १ सय ४८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर, यो संख्या योभन्दा निकै धेरै भएको राष्ट्रसंघको भनाई छ ।
राष्ट्रसंघकी प्रवक्ता रविना सामदासिनीले यसको पुष्टि गर्ने काम जारी रहेको बताइन् । उनले भनिन्, ‘विश्वस्त स्रोतहरूले ४ सयभन्दा बढीको मृत्यु भएको बताएका छन् ।’
यसमध्ये मारिनेमा ९ जना राहतकर्मीहरू रहेका छन् । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण