प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
काठमाडौँ । गायक, अभिनेता तथा निर्देशक प्रकाश सपुतले २०८१ आफ्ना विरुद्ध शक्तिशाली भएर बिदा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै २०८२ त्यस्तो नहुनेमा आशा व्यक्त गरे ।
‘हुन त, अलटाइम बल्कबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’मा म जोडिन पाएँ ! ‘बुझिन मैले’ गीत लोकप्रिय भयो । ‘बसन्त’ बनाएर एउटा साँचिएको कथा भन्नुपर्ने थियो, भनियो । चलचित्र ‘सोल्टिनी’ र ‘हरिबहादुर’को जुत्तामा काम गरियो’, उनले अगाडि भनेका छन् ‘केही खराब संयोगहरूले मलाई बेचैन बनाए । उद्देश्य र नियत बिना नै केही अपजसहरूमा म फसे । लगातार प्रहार भइरहयो ! आशा छ, २०८२ त्यस्तो हुने छैन ।’ उनले वर्षभरि जातीय विभेद विरुद्ध आफूले काम गरेको धारणा समेत राखेका छन् ।
२०८१ मा आफूलाई जहाँबाट उठेको फेरि त्यही खाडलमा जाकिएको महसुस भएको धारणा राखेका उनले निर्देशकको रूपमा ‘बसन्त’को कमीकमजोरीहरू सच्याउँदै एउटा अर्को चलचित्र बनाएर फिल्म क्षेत्रको गुण र रिन तिर्ने बताए ।
‘तर पनि म उभिएको छु किनकि जीवन बाँकी छ, यात्रा बाँकी छ, सपना र जिम्मेवारी बाँकी छ, त्यसैले अहिले नै सबै माया र गाली गरेर नसक्नुस् है । अझै राम्रो काम गर्न बाँकी छ’, उनी अगाडि लेख्छन् ‘अझै गल्ती गर्न बाँकी छ ।’ उनले २०८१ साल मात्रै सकिएको आफू भने थोरै बाँकी रहेको धारणा राखेका छन् । अन्तमा उनले नयाँ वर्ष २०८२को सबैलाई शुभकामना समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण