ह्वाइट हाउसको प्रतिक्रिया : रुस र अमेरिकाबिच आर्थिक साझेदारी हुनसक्छ
वासिङटन डीसी । रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्यो भने अमेरिकाले उसलाई ठूलो उपहार दिने ह्वाइट हाउसले मंगलबार भनेको छ । अमेरिका रुससँग आर्थिक साझेदारीमा प्रवेश गर्न सक्ने ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले बताइन् । यद्यपि पहिले रुसले युद्धविराम घोषणा गर्नुपर्ने उनले बताइन् ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट गरेपछि ह्वाइट हाउसको यस्तो अभिव्यक्ति आएको हो ।
रुससँग अमेरिकाले आर्थिक साझेदारी गर्न सक्ने
‘दुई जनाबिच राम्रो कुराकानी भएको छ र हामीलाई विश्वास छ कि रूसी राष्ट्रपति पुटिन पनि युद्ध अन्त्य गर्न चाहन्छन् ।’ उक्त भेटघाटका बारेमा ह्वाइट हाउसले भनेको छ । ‘यदि रूसले युक्रेनसँगको युद्ध समाप्त गर्छ भने रूसले ठूलो उपहार पाउन सक्छ’ ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले भनिन् ।
अमेरिका र रुसबिच आर्थिक साझेदारी हुनसक्ने सम्भावना भएको तर योभन्दा अघि आफूहरूले युद्धविराम चाहेको विटकफले पुटिनलाई यो कुरा स्पष्ट रूपमा भनेको लेभिटले बताइन् । अमेरिकी विदेश मन्त्रालयले रुस र युक्रेनबिच युद्धविरामको लागि अमेरिकाले प्रयास जारी राख्ने बताएको छ । ‘आक्रमणहरू बन्द नभएसम्म कुनै वार्ता वा निर्णय हुनेछैन,’ विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण