‘चमेलीको पोइ’ को छायाङ्कन सुरु
काठमाडौँ । एभरेस्ट सूर्य बोहराको निर्देशन रहने फिल्म ‘चमेलीको पोइ’ को छायाङ्कन सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर गत १ गते बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ साइत गरेको फिल्मले मङ्गलवारदेखि मुस्ताङबाट छायाङ्कन सुरु गरेको हो ।
मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी लगायतको मुख्य भूमिका रहने फिल्ममा बिल्सनबिक्रम राई (तक्मे बुढो), रवीन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बबिन राई (गल्फने), खड्गबहादुर पुन (खबपु), अनुश्का नारायण, मिरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, मिरा आरएल शाही ठकुरी, प्रकाश कँडेल, विनोद बज्राचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटा, सुनिता सापकोटा, रामनारायण उपाध्याय र निर्देशक बोहराको समेत अभिनय रहनेछ ।
एभरेस्ट सूर्य बोहरा फिल्मस्सँगको सहनिर्माणमा धनलक्ष्मी सिने मेकर्सको निर्माण रहने फिल्मका निर्मातामा सुनिता सापकोटा र रामनारायण उपाध्याय, कार्यकारी निर्मातामा उदयविक्रम राणा र रितु मल्ल ठकुरी रहेका छन् ।
प्रदीपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर सहनिर्माता रहेको फिल्म निर्देशक बोहरा स्वयम्ले लेखेका हुन । सहलेखनमा उनलाई शिवम् अधिकारीले सघाएका छन् ।
पारिवारिक कथानक ‘चमेलीको पोइ’ को गीतमा शम्भुजित बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अविरलको सङ्गीत रहनेछ । फिल्म मुस्ताङपछि काठमाडौँ र पोखरामा खिचिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण