विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न क्षति आंकलन थालिएको छः मन्त्री लेखक
मकवानपुर । गृहमन्त्री रमेश लेखकले विपद् प्रभावित स्थानीय तहको पुनर्निर्माणका लागि वृस्तित क्षति आंकलन सुरुवता गरिएको बताएका छन् । उनले बढी प्रभावित जिल्ला र स्थानीय तहबाट क्षति आंकलन सुरुवात गरिएको बताए ।
बुधबार रोशी गाउँपालिका वडा नम्बर २ का ३ जनालाई क्षति आंकलन निस्सा उपलब्ध गराउँदै गृहमन्त्री लेखकले बाढीबाट उच्च क्षती व्यहोरेको काभ्रेको रोशी गाउँपालिकाबाट क्षती आंकलन सुरुवात गरिएको बताए । क्षति आंकलनपछि पुनःनिर्माण सहज हुने उनको भनाइ छ ।
क्षतिको विवरण आंकलन छिटो सकाएर पुनःनिर्माण थाल्ने गरी मन्त्रालयले काम अघि बढाएको उनले बताए । उक्त कार्यलाई प्रभावकारी र सरलिकरण गर्न प्रभावित स्थानीय तहलाई मन्त्री लेखकले आग्रह गरे । सरकारले विपद् न्यूनिकरणका तथा व्यवस्थापन लागि नीति, कार्यविधिमा रहेका केही अस्पष्टता हटाउन प्रक्रिया अघि बढाएको उनले बताए ।
प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले पुल, तटबन्धन लगायतका पूर्वाधार निर्माण गरेर मात्रै पुनःनिर्माण पूर्ण हुने बताए । पुनःस्थापना र पुनःनिर्माण सहज नभएको भन्दै सिँचाई लगायतका पूर्वाधार निर्माणमा प्रदेश र संघ सरकारले स्थानीय तहलाई सघाउनुपर्ने उनले बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नारायणटार लगायत काभ्रेका विभिन्न खेतीयोग्य फाँटहरु बगरमा परिणत भएको बताए । सरकारले रोशी क्षेत्रलाई दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउन योजना र कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ । निजी आवाससंगै सडक, पुल लगायतका पूर्वाधार पुनःनिर्माणमा जोड दिनुपर्ने उनले बताए ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गत असोजको विपद्ले रोशी गाउँपालिकामा १० शैयाको अस्पताल, औद्योगिकग्रामको प्रशासकीय भवन, डम्फु जीवन्त संग्रहालय लगायत नगर गौरवका आयोजना, ५ वटा झुलुंगे पुल बगाएको बताए ।
विपद्बाट क्षती भएका सडक र विद्यालय भवनहरु तत्काल पुनःनिर्माण नगरे विद्यालय जान नसकेर बालबालिकारु शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था बन्ने बताए । पुनःनिर्माणसँगै जीविकोपार्जनमा पनि योजनाहरुमा संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्का अनुसार काभ्रेको लागि हालै ७ करोड ३५ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको बताए । उनले विस्तृत क्षति आंकलनपछि स्थायी आवास निर्माणका लागि सो बजेट भुक्तानी गर्न सकिने बताए ।
बुधबारबाट सुरु भएको रोशी गाउँपालिकामा गत असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आंकलन (डिटेल ड्यामेज एसेसमेन्ट)मा २२ प्राविधिकहरु खटिने भएका छन् ।
रोशी–२ नारायणटारबाट सुरु भएके क्षती आंकलनमा २२ जना प्राविधिकहरु खटिने भएका हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट क्षती आंकलन गर्न २२ जना प्राविधिक खटिने भएका हुन् ।
सो बाहेक र विस्तृत क्षति आंकलनका लागि रोशी गाउँपालिकाबाट ३ वटा क्लस्टरमा प्राविधिकहरु खटिने रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जानकारी दिए । गाउँपालिकाले अस्थायी आवास निर्माणका लागि विपत पोर्टलमा दाखिला गरेका ५६३ घरधुरीको विस्तृत क्षति आंकलन हुने उनले बताए ।
स्थलगत मूल्यांकनपछि प्राविधिकले दिने प्रतिवेदनका आधारमा प्राधिकरणले लाभग्राही एकप्न गरेर रकम उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण