भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
तनहुँ । तनहुँमा भ्यानले एक स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालकको मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक किशोर घाइते रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका बुधबार दिउँसो आबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ४ च ८३९० नम्बरको भ्यानले विपरीत दिशाबाट आइरहेको ग १६ प १५७० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनामा सोही गाउँपालिका–३ बस्ने स्कुटर चालक १९ वर्षीय रुपेश गुरुङ र पछाडि सवार १९ वर्षीय रोहन मगर घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चालक रुपेशलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरी नायब निरीक्षक अशोक थापाले भ्यानका चालक चितवनको राप्ती नगरपालिका–२७ बस्ने २६ वर्षीय प्रवीण क्षेत्रीलाई भ्यानसहित इलाका प्रहरी कार्यालय आबुखैरेनीमा नियन्त्रणमा रहेको जानकारी दिए । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको थापाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले ‘राष्ट्रिय भेला’ बोलाउने
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण