फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
काठमाडौँ । विश्व फुटबलका महान हस्तीमध्येका एक रोबर्टो कार्लोस फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा विशेष अतिथिको रुपमा सहभागी हुन नेपाल आउने भएका छन् ।
आफ्नो समयका प्रभावशाली ब्राजिलियन खेलाडी कार्लोस वैशाख ५ गते नेपाल आइपुग्ने एनएसएल आयोजकले जनाएको छ । वैशाख ६ गते हुने एनएसएल क्वालिफायर खेलमा रोबर्टो कार्लोस प्रमुख अतिथिको रुपमा उपस्थित हुनेछन् ।
लिगका दुई लोकप्रिय र बलिया टोली ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबिच वैशाख ६ गतेको क्वालिफायर खेल हुनेछ । ललितपुर सिटी एफसी र धनगढी एफसी एनएसएल इतिहासकै सफल टोली हुन् ।
अघिल्लो सिजनको फाइनलमा पनि यी दुई टोलीबिच नै भिडन्त भएको थियो । फाइनलमा ललितपुरले धनगढीलाई हराएको थियो । दुई पटक फाइनलमा पुगेको धनगढी एफसी यसपटक पनि पहिलो एनएसएल उपाधिको खोजीमा छ ।
रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन् । रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहिसकेका कार्लोस फुटबल इतिहासका सर्वाधिक सफल डिफेन्डरमध्ये एक हुन् ।
आफ्नो सक्रिय खेल जीवनमा उनले ब्राजिलका लागि फिफा विश्वकप र रियल म्याड्रिडका लागि चारवटा ला लिगा उपाधि चुमेका थिए । दुई दशकभन्दा लामो व्यावसायिक खेलजीवनमा उनले विश्वभरका लाखौँ फुटबलप्रेमीको मन जितेका थिए ।
५२ वर्षीय रोबर्टो कार्लोस क्वालिफायर खेलको एक दिनअघि वैसाख ५ गते नेपाल आइपुग्ने छन् । सोही दिन उनी एक गाला डिनर, विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी एनएसएल आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण