काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
शुक्रबार, ०५ वैशाख २०८२, ११ : ३०
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–१० पाखाटोलमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् । स्थानीय कुमार मगरको घरमा आगलागी हुँदा उनका ९ वर्षीया छोरी समीक्षा र ६ वर्षीय छोरा सक्षम घाइते भएका हुन् ।
आगलागीमा परेका बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरी नेतृत्वको टोलीले घाइतेहरूलाई उद्धार गरेर काठमाडौँ पठाएको छ । बाबुआमा बारीमा काम गर्दै गर्दा आगो ताप्ने क्रममा बालबालिका घाइते भएका थिए ।
प्रहरीले आगो निभाएको छ । बालबालिकाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण