३–१ को अवस्था उल्ट्याउँदै घरेलु मैदानमा बार्सिलोनाको रोमाञ्चक जित
काठमाडौँ । घरेलु मैदानमा ३–१ गोलअन्तरले पछि परिसकेको अवस्थामा उल्ट्याउँदै बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ ।
स्पेनिस ला लिगाअन्तर्गत घरेलु मैदानमा शनिबार साँझ बार्सिलोनाले सेल्टा भिगोलाई ४–३ गोलअन्तरले हराएको हो ।
खेलको १२ औं मिनेटमा फरान टोरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसको तीन मिनेटमै बार्सिलोनाले गोल खाएको थियो ।
बोर्जा इग्लेसिले १५ औं मिनेटमा गोल गर्दै सेल्टालाई बराबरीमा ल्याए । उनैले दोस्रो हाफमा (५२ र ६२ औं मिनेटमा) दुई गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए ।
तर सब्सिच्युट खेलाडी ड्यानी ओल्मोले लगत्तै ६४ औं मिनेटमा गोल गरेर खेल ३–२ को अवस्थामा ल्याइपुर्याए । त्यस्तै राफिन्हाले ६८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका थिए। उनै राफिन्हाले खेलको ९८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
ड्यानी ओल्मोलाई विपक्षी खेलाडीले लडाएपछि रेफ्रीको बार्सिलोनालाई पेनाल्टीको मौका दिएका थिए । जहाँ राफिन्हा चुकेनन् ।
उपाधि दौडमा रहेका बार्सिलोनालाई यो जितले ठुलो राहत मिलेको छ । आजको ३२ औं खेलमा जित निकालेपछि बार्सिलोनाको ७३ अंक भएको छ भने एक खेल कम खेलेको रियल मड्रिडको भने ६६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण