पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
आइतबार, ०७ वैशाख २०८२, १५ : ५४

मकवानपुर । पाँच किलो ९४० ग्राम अबैध लागूऔषध अफिमसहित एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् ।
तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गको अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट पक्राउ गरेको हो ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई ५ किलो ९४० ग्राम परिणामको अफिमसहित नियन्त्रणमा लिएको हो ।
तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीन वटा प्याकेटमा ५ किलो ९४० ग्राम लागूऔषध अफिम फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’