मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

लोसपा नेपालको महाधिवेशन अनिश्चित

आइतबार, ०७ वैशाख २०८२, १६ : १७
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । वैशाख २६ गते महाधिवेशन गर्ने घोषणा गरेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले पालिका तहको अधिवेशन गर्ने समय तेस्रो पटक थप गरेको छ ।  

सम्पूर्ण पालिकामा अधिवेशन सम्पन्न नभएको भन्दै लोसपाले वैशाख १५ गतेसम्मका लागि अधिवेशनको मिति थप गरेको हो । 

यसअघि चैत मसान्तभित्र सम्पूर्ण पालिकाको अधिवेशन गरिसक्नुपर्ने गरी पार्टीले चैत २० गते सर्कुलर गरिएको थियो । तर, चैत मसान्तभित्र अधिवेशन नसकिएपछि वैशाख ५ गते अर्को परिपत्र जारी लोसपाले फेरि वैशाख १५ गतेसम्म समय थप गरेको महासचिव मनिष मिश्रले बताए ।  

यससँगै वैशाख २६ गतेका लागि तोकिएको लोसपाको महाधिवेशन नहुने भएको छ । लोसपाका नेताहरूका अनुसार पालिकाको अधिवेशन सकिएपछि जिल्लाको अधिवेशन हुन्छ । त्यसपछि प्रदेशको हुने र अनि मात्रै केन्द्रीय महाधिवेशन गर्नुपर्ने भएकाले तोकिएको समयमा महाधिवेशन हुने भएको नेताहरूको भनाइ छ । 

महासचिव मिश्रले अब बस्ने पार्टी सचिवालयको बैठकले महाधिवेशनको बारेमा आवश्यक छलफल र निर्णय गर्ने बताए । पार्टीका अध्यक्ष ठाकुर उपत्यका बाहिर रहेको र उनी आएपछि सचिवालयको बैठक बस्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप