लोसपा नेपालको महाधिवेशन अनिश्चित
काठमाडौँ । वैशाख २६ गते महाधिवेशन गर्ने घोषणा गरेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले पालिका तहको अधिवेशन गर्ने समय तेस्रो पटक थप गरेको छ ।
सम्पूर्ण पालिकामा अधिवेशन सम्पन्न नभएको भन्दै लोसपाले वैशाख १५ गतेसम्मका लागि अधिवेशनको मिति थप गरेको हो ।
यसअघि चैत मसान्तभित्र सम्पूर्ण पालिकाको अधिवेशन गरिसक्नुपर्ने गरी पार्टीले चैत २० गते सर्कुलर गरिएको थियो । तर, चैत मसान्तभित्र अधिवेशन नसकिएपछि वैशाख ५ गते अर्को परिपत्र जारी लोसपाले फेरि वैशाख १५ गतेसम्म समय थप गरेको महासचिव मनिष मिश्रले बताए ।
यससँगै वैशाख २६ गतेका लागि तोकिएको लोसपाको महाधिवेशन नहुने भएको छ । लोसपाका नेताहरूका अनुसार पालिकाको अधिवेशन सकिएपछि जिल्लाको अधिवेशन हुन्छ । त्यसपछि प्रदेशको हुने र अनि मात्रै केन्द्रीय महाधिवेशन गर्नुपर्ने भएकाले तोकिएको समयमा महाधिवेशन हुने भएको नेताहरूको भनाइ छ ।
महासचिव मिश्रले अब बस्ने पार्टी सचिवालयको बैठकले महाधिवेशनको बारेमा आवश्यक छलफल र निर्णय गर्ने बताए । पार्टीका अध्यक्ष ठाकुर उपत्यका बाहिर रहेको र उनी आएपछि सचिवालयको बैठक बस्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण