शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बिहान साढे ८ बैठक बोलाइयो

आइतबार, ०७ वैशाख २०८२, २१ : ५४
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले सोमबारदेखि बिहान साढे ८ बजेदेखि नै छलफल गर्ने भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफल चाँडो सक्नेगरी उपसमितिले भोलि बिहान साढे ८ बजे नै बैठक बोलाएको हो । शिक्षा समिति सचिव दशरथ धमलाले विधेयकमाथिको छलफल चाँडो सकाउनेगरी बिहानै बैठक बोलाएको बताए । 

अहिलेसम्म १०० दफामा छलफल भएको छ । ति मध्ये ८० दफामा प्रारम्भिक चरणको सहमति जुटेको छ । बाँकी दफाहरुमा व्यापक छलफल गरिरहेको उनको भनाइ छ । 

केही दिनयता लगातार दफा ४३ मा छलफल भइरहेको छ । दफा ४३ मा शिक्षक दरबन्दी मिलान तथा हस्तान्तरणको व्यवस्था गरिएको छ ।

जसमा ९ वटा उपदफाहरु छन । ३/४ दिनदेखि लगातार ति उपदफाहरुमा छलफल भइरहेको सचिव धमलाको भनाइ छ । 

सहमति जुट्दै गएका दफाहरुमा समेत थप दफामा छलफल गर्दै जाँदा ति दफासँग जोडिएको खण्डमा थप छलफल हुने गरेको उनको भनाइ छ । 

अगाडि बढ्दै छलफल गर्दै जाँदा पहिला सहमति जुटेका दफासँग जोडिएको विषय भएमा त्यसमा थप छलफल हुने गरेको हो । 

गत चैत १८ गतेदेखि उपसमितिमा लगातार छलफल हुदै आएको छ । उपसमितिमा शनिवार तथा विदाको दिन समेत बैठक बसेर छलफल हुँदै आएको हो । 

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरु १९ दिनदेखि सडक आन्दोलनमा छन् । सरकारले वैशाख १२ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेको छ । 

उक्त अधिवेशनमा विधेयक पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको छ । उपसमितिले पास गरेको विधेयकमा शिक्षा समितिमा पेश हुनेछ । 

शिक्षा समितिले समेत आवश्यक परेको खण्डमा थप छलफल गर्दै परिमार्जनसहित संसद्मा पेश गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप