विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बिहान साढे ८ बैठक बोलाइयो
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले सोमबारदेखि बिहान साढे ८ बजेदेखि नै छलफल गर्ने भएको छ ।
विद्यालय शिक्षा विधेयकमाथिको छलफल चाँडो सक्नेगरी उपसमितिले भोलि बिहान साढे ८ बजे नै बैठक बोलाएको हो । शिक्षा समिति सचिव दशरथ धमलाले विधेयकमाथिको छलफल चाँडो सकाउनेगरी बिहानै बैठक बोलाएको बताए ।
अहिलेसम्म १०० दफामा छलफल भएको छ । ति मध्ये ८० दफामा प्रारम्भिक चरणको सहमति जुटेको छ । बाँकी दफाहरुमा व्यापक छलफल गरिरहेको उनको भनाइ छ ।
केही दिनयता लगातार दफा ४३ मा छलफल भइरहेको छ । दफा ४३ मा शिक्षक दरबन्दी मिलान तथा हस्तान्तरणको व्यवस्था गरिएको छ ।
जसमा ९ वटा उपदफाहरु छन । ३/४ दिनदेखि लगातार ति उपदफाहरुमा छलफल भइरहेको सचिव धमलाको भनाइ छ ।
सहमति जुट्दै गएका दफाहरुमा समेत थप दफामा छलफल गर्दै जाँदा ति दफासँग जोडिएको खण्डमा थप छलफल हुने गरेको उनको भनाइ छ ।
अगाडि बढ्दै छलफल गर्दै जाँदा पहिला सहमति जुटेका दफासँग जोडिएको विषय भएमा त्यसमा थप छलफल हुने गरेको हो ।
गत चैत १८ गतेदेखि उपसमितिमा लगातार छलफल हुदै आएको छ । उपसमितिमा शनिवार तथा विदाको दिन समेत बैठक बसेर छलफल हुँदै आएको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरु १९ दिनदेखि सडक आन्दोलनमा छन् । सरकारले वैशाख १२ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेको छ ।
उक्त अधिवेशनमा विधेयक पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको छ । उपसमितिले पास गरेको विधेयकमा शिक्षा समितिमा पेश हुनेछ ।
शिक्षा समितिले समेत आवश्यक परेको खण्डमा थप छलफल गर्दै परिमार्जनसहित संसद्मा पेश गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण