बोक्चेगौडा सडक चार दिनमा खुला गरिने
सिमकोट । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१ को बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने भएको छ । गत चैत २५ गतेदेखि नेपाली सेनाले निर्माण गरिरहेको सडकखण्ड यही वैशाख १० देखि १३ गतेसम्म खुला गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलले चार दिनका लागि काम रोकेर सवारीसाधन आवतजावत गरिने उनले बताए ।
सेनाले निर्माण गरिरहेको बोक्चेगौडा, भिइगौडा र याङ्गचुभीर खण्डमा निर्माण कार्य स्थगित गरेर सवारीसाधनलगायत यात्रुलाई आवतजावत गर्न दिइने छ । विकास निर्माणका काममा सहजताका लागि सडक निर्माणको काम रोखेर सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चैत २५ गतेदेखि सडक स्तरोन्नति सुरु भएसँगै यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । यहाँ आगामी असार मसान्तसम्म आठ सय मिटर सडक स्तरोन्नति गर्नेगरी सेनालाई जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण