एसियन कप छनोटलाई ध्यानमा राखी महिला टोलीको प्रमुख प्रशिक्षक खोज्दै एन्फा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकका लागि सोमबार आवेदन खुला गरेको छ । एन्फाले महिला राष्ट्रिय टोलीका लागि पहिलोपटक प्रो–लाइसेन्स प्रशिक्षक माग गरेको हो ।
एन्फाले केही निश्चित मापदण्डको अनिवार्यतासहित राष्ट्रिय महिला टोलीको प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । प्रशिक्षकका लागि आवेदन दिने व्यक्तिले यसअघि पनि सिनियर महिला टोलीको जिम्मेवारी सम्हालिसकेको वा युवा राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेको हुनुपर्नेछ ।
यसैगरी, कम्तीमा दुई वर्षको अनुभव भएको र ट्र्याक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने आवेदनमा उल्लेख गरिएको छ । एन्फाले सन् २०२६ को एएफसी महिला एसियन कप छनोट प्रतियोगितालाई ध्यानमा राखी प्रशिक्षकको आवेदन खुलाएको हो ।
छनोट प्रतियोगिता आगामी जुन २३ देखि जुलाई ५ तारिखसम्म आयोजना हुँदैछ । छनोट प्रतियोगिताका लागि एएफसीले सार्वजनिक गरेको खेलतालिका अनुसार, नेपाली टोलीले आफ्नो पहिलो खेल जुन २९ तारिखमा लाओससँग खेल्नेछ ।
छनोट प्रतियोगिताको समूह ‘एफ’ मा नेपाल र लाओससँगै उज्बेकिस्तान र श्रीलंका पनि रहेका छन् । यो समूहको सबै खेल उज्बेकिस्तानमा खेलिने छ । छनोट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल जुलाई २ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुलाई ५ तारिखमा उज्बेकिस्तानसँग खेल्नेछ ।
समूहको पहिलो स्थानमा रहने टोलीले सन् २०२६ को मार्च १ देखि २१ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान पक्का गर्ने प्रावधान छ । एन्फाले महिला राष्ट्रिय टोलीका लागि प्रशिक्षकसँगै एकजना परफरमेन्स एनालिष्ट पनि माग गरेको छ । यी दुवै पदमा आवेदन गर्न एन्फाले ३० दिनको समय तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण