तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ
सोमबार, ०८ वैशाख २०८२, १६ : २०
काठमाडौँ । गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश लुइँटेल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।
तीनकुने स्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा लुइँटेलले निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक बोहराको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण