सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ

सोमबार, ०८ वैशाख २०८२, १६ : २०
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  झापा अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश लुइँटेल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

तीनकुने स्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा लुइँटेलले निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक बोहराको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप