विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरु)
काठमाडौँ । चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । उनी मंगलबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । हाल काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विशेष अतिथिका रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
आफ्नो समयका प्रभावशाली लेफ्ट–ब्याक कार्लोस ब्राजिललाई विश्वकपको उपाधि चुमाउने गौरवशाली टोलीका खेलाडी पनि हुन् । ५२ वर्षीय कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए ।
एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले कार्लोसलाई नेपाल ल्याएको हो । कार्लोसले एनएसएल अन्तर्गत बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबिचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
कार्लोस यसअघि शुक्रबार नै नेपाल आउने कार्यक्रम थियो । तर, स्वास्थ्य समस्याका कारण उनी त्यो समयमा नेपाल आउन सकेनन् । कार्लोस विश्वकै उत्कृष्ट रक्षकमध्ये एक हुन् । ब्राजिलले सन् २००२ को फिफा विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण खेलाडी थिए ।
कार्लोसले लामो समय स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायीक फुटबल खेलेका थिए । उनी सन् १९९६ देखि सन् २००७ सम्म रियल म्याड्रिडमा थिए । यसका अतिरिक्त कार्लोसले इटालियन क्लब इन्टर मिलानबाट पनि व्यसायिक फुटबल खेलेका थिए ।
_Nz7UkjWrX9.jpg)
_ZkIyGiLi2E.jpg)
_SN4BtNc7hi.jpg)
_BCfTbXLsr4.jpg)
_1G6Oe6xyLt.jpg)
_wj5g9jC9a5.jpg)
_twEw2b9EXH.jpg)
_2BX3WxtSTj.jpg)
_xKT4SW3vV3.jpg)
_ia28HAD5WU.jpg)
_d7igviz9Oz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण