विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरु)
_bx9oWoXbgu.jpg)
काठमाडौँ । चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । उनी मंगलबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । हाल काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विशेष अतिथिका रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
आफ्नो समयका प्रभावशाली लेफ्ट–ब्याक कार्लोस ब्राजिललाई विश्वकपको उपाधि चुमाउने गौरवशाली टोलीका खेलाडी पनि हुन् । ५२ वर्षीय कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए ।
एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले कार्लोसलाई नेपाल ल्याएको हो । कार्लोसले एनएसएल अन्तर्गत बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबिचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
कार्लोस यसअघि शुक्रबार नै नेपाल आउने कार्यक्रम थियो । तर, स्वास्थ्य समस्याका कारण उनी त्यो समयमा नेपाल आउन सकेनन् । कार्लोस विश्वकै उत्कृष्ट रक्षकमध्ये एक हुन् । ब्राजिलले सन् २००२ को फिफा विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण खेलाडी थिए ।
कार्लोसले लामो समय स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायीक फुटबल खेलेका थिए । उनी सन् १९९६ देखि सन् २००७ सम्म रियल म्याड्रिडमा थिए । यसका अतिरिक्त कार्लोसले इटालियन क्लब इन्टर मिलानबाट पनि व्यसायिक फुटबल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा