‘भूठान’ सेन्सर पास

काठमाडौँ । फिल्म ‘भूठान’ सेन्सर पास भएको छ । फिल्मले चलचित्र जाच समितिबाट युनिभर्सल सर्टिफिकेट प्रदर्शनमा लागि अनुमति पाएको हो । वैशाख १२ गतेबाट प्रदर्शनमा आउने फिल्म अमेरिकाको ओहायोमा छायाङ्कन गरिएको हो ।
‘भूठान’लाई अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’नाम दिइएको छ । यो फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय फिल्ममा देख्न सकिन्छ ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थाकथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ ।
फिल्मका निर्देशक विनोद पौडेल हुन् । उनले यसअघि ‘बुलबुल’ निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय
-
कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)