‘भूठान’ सेन्सर पास
काठमाडौँ । फिल्म ‘भूठान’ सेन्सर पास भएको छ । फिल्मले चलचित्र जाच समितिबाट युनिभर्सल सर्टिफिकेट प्रदर्शनमा लागि अनुमति पाएको हो । वैशाख १२ गतेबाट प्रदर्शनमा आउने फिल्म अमेरिकाको ओहायोमा छायाङ्कन गरिएको हो ।
‘भूठान’लाई अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’नाम दिइएको छ । यो फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय फिल्ममा देख्न सकिन्छ ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थाकथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ ।
फिल्मका निर्देशक विनोद पौडेल हुन् । उनले यसअघि ‘बुलबुल’ निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण