प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने

विराटनगर । विराटनगर महानगरपालिकाले आफूहरूको सहमति बिना रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिरी गर्न नदिने बताएको छ ।
महानगरप्रमुख नागेश कोइराला निकट स्रोतले मेहताको कार्यशैली ठिक नदेखिएको र महानगरसँग कुनै पनि सहमति नलिएको कारण हाजिर गर्न नदिन बतायो । ‘यस विषयमा महानगरसँग कुनै पनि सहमति लिएको छैन । एकै पटक उहाँलाई सरुवा गरेको समाचार आएको छ । मेयरसाब असन्तुष्ट हुनुहुन्छ,’ उक्त स्रोतले भन्यो ।
नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार ४७ जना सहसचिवको सरुवा गरेको थियो । जसमा रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।
मेहता यसअघि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत कार्यरत थिए । त्यसअघि उनी इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका थिए । त्यसबेला उपप्रमुखसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरबाट करिब २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी
-
ललितपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
-
बुहारीको हत्या गरेको अभियोगमा पक्राउ