पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
बुधबार, १० वैशाख २०८२, ०९ : २६
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका छन् । मंगलबार पर्यटकहरूमाथि भएको आतंकवादी हमलामा परेर २६ जनाको मृत्यु भएको थियो ।
राष्ट्रपति पौडेलले आतंकवादी हमलामा निर्दोष व्यक्तिको ज्यान गएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ । आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति मेरो हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु ।’
यता, नेपाल सरकारले पनि आतंकवादी हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले भारत सरकार र त्यहाँका जनताप्रति दृढ ऐक्यबद्धता प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण