प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै पठाइने
काठमाडौं । प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाट पठाइने भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा प्रदेश सचिव र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निजामती सेवाकै राख्ने र १० वर्षसम्म संघबाटै पठाउन सहमति जुटेको हो ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रदेश सचिव दश वर्षसम्म संघबाट खटाउन सक्नेगरी ऐन बनाउने विषयमा सहमति जुटेको हो ।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पनि संघले दश वर्षसम्म कर्मचारी खटाउने सहमति बन्ने भएको छ । त्यसपछि भने प्रदेश निजामती सेवाका कर्मचारीलाई प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत बनाउने सहमति बनेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका एक सदस्यले यसबारे सहमति जुटेको र औपचारिक निर्णय हुन बाँकी रहेको जानकारी दिए ।
विधेयक २१ फागुन २०८० मा प्रतिनिधिसभामा दर्ता भए पनि अहिलेसम्म कानुन बन्न सकेको छैन ।
प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा राज्य व्यवस्था समितिले पारित गरेर सभामा लगे पनि विधेयक अगाडि बढ्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण