राज्य व्यवस्था तथा सुशासन समिति बैठक
सङ्घीय निजामती ऐन सम्बन्धी विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन
बुधबार, १० वैशाख २०८२, १३ : ५७
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती ऐन सम्बन्धी विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन भएको छ । बुधबार उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफलपछि समितिले अनुमोदन गरेको हो ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडू नेतृत्वको उपसमितिले दफावार छलफल गरेर तयार पारेको प्रतिवेदन छलफलपछि समितिमा पेस भएको थियो ।
उक्त समितिले प्रस्ताव गरेको प्रस्तावना र नाम अनुमोदन गरिएको छ । उपसमितिले प्रस्ताव गरेको प्रस्तावनामा रहेको ’उत्तरदायी’ शब्दको सट्टा ’जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी र प्रविधिमैत्री’ शब्द राखिएको छ । यस्तै, ‘सुशासनमुखी’ शब्दको सट्टा ’सुशासनयुक्त’ शब्द राख्ने गरी बुझाएको प्रतिवेदनको अंश अनुमोदन भएको छ ।
यस्तै विधेयकको नाममा रहेको २०८० लाई २०८२ बनाउने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण