रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर
काठमाडौँ । साउदी अरेबियन क्लबमा आबद्ध हुने चर्चाबिच ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडसँगै सम्झौता नवीकरण गर्ने भएका छन् । सम्झौता नवीकरण कार्यलाई अन्तिम रूप दिने तयारी भइरहेको समाचारमा जनाइएको छ ।
पछिल्लो समय उनी साउदी क्लबमा आबद्ध हुने चर्चा चलिरहेको थियो । यो सिजन समाप्त हुनुअघि नै २४ वर्षीय भिनिसियस जुनियरको सम्झौता नवीकरण हुने बताइएको छ । रियल म्याड्रिडसँग उनको हालको सम्झौता सन् २०२७ को जुनमा सकिँदैछ ।
रियलले भिनिसियस जुनियरसँग सन् २०३० सम्मका लागि नयाँ सम्झौता गर्ने बताइएको छ । उनी ब्राजिलियन राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनी सन् २०१८ मा रियल म्याड्रिडको सिनियर टोलीमा आबद्ध भएका थिए ।
त्यसअघि उनले रियल म्याड्रिडको ‘बी’ टोलीबाट पनि खेलेका थिए । उनले सन् २०२३–२४ सिजनमा रियलका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त अवधिमा रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि चुमाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण