एमालेको ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा

काठमाडौँ । नेकपा एमालेले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउने उद्देश्यले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते बिहीबार गर्ने ‘यूथ सेलिब्रेशन’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै आयोजक एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले ‘यूथ सेलिब्रेशन’ को सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै १ लाख युवाहरू सहभागी हुने बताए ।
युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनको रूपमा वैशाख ११ गते भृकुटीमण्डपमा ‘यूथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको अध्यक्ष थेबेको भनाइ छ ।
नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापी रूपमा युवाको सहभागिताका लागि त्यहाँ बहस हुने थेबेको भनाइ छ ।
भृकुटीमण्डपमा हुने युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा विभिन्न चर्चित कलाकार ब्यान्डको साङ्गीतिक प्रस्तुति, फोटो सेसन, टिकटक, लगायत युवाहरूलाई मनोरञ्जन दिन सकिने व्यवस्था मिलाएको एमालेले जनाएको छ ।
‘यूथ सेलिब्रेशन’ मा सहभागी हुन आउनेहरूका लागि टुँडिखेल, रङ्गशाला र बग्गीखाना नजिकै सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ । कार्यक्रममा युवाका ‘यूथ स्पिकर’ समेत प्रस्तुत गरिने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?
-
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
-
अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
-
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान, तस्बिरहरू
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?
-
अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी