पहलगाम घटना : न्यौपानेको शव नेपाल ल्याउन तत्काल कूटनीतिक पहल गर्न सरकारलाई कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि आतङ्ककारीले गरेको आक्रमणप्रति दुःख व्यक्त गरेको छ । घटनामा एक नेपाली सहित कम्तीमा २६ जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए ।
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार प्रेस वक्तव्य जारी गर्दै घटनाको निन्दा गरेका छन् । ‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भर्त्सना गर्दछ ।
यस दुःखद क्षणमा भारत सरकार र भारतीय जनताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दछु र मृतकका परिवारजन, भारत सरकार र भारतीय जनताका साथ हामी छौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ,’ खड्काले वक्तव्यमा लेखेका छन् ।
खड्काले घटनामा परि निधन भएका नेपाली नागरिक बुटवल—११, कालिकानगर, रुपन्देहीका सुदिप न्यौपानेको शवलाई नेपालमा ल्याई मृतकका परिवारलाई बुझाउनका लागि सरकारले तुरुन्त कूटनीतिक पहल प्रारम्भ गर्न र मृतकका परिवारलाई उचित सहयोग पुर्याउन पार्टीका तर्फबाट सरकारसँग आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण