शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति

बुधबार, १० वैशाख २०८२, १७ : ५३
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । भक्तपुरको च्याम्हासिंह स्थित लिवालीमा बसको ठक्करबाट १० वटा दुईपांग्रे सवारीमा क्षति पुगेको छ । 

भक्तपुर नगरपालिका–८ स्थित लिवालीमा च्याम्हासिंहबाट जगाते तर्फ जाँदै गरेको बा.३ ख ५०४७ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए । 

बसको ठक्करबाट पार्किङ गरेर राखिएको ३ स्कुटर र ७ वटा मोटरसाइकलमा क्षति पुगेको छ । बस चालक महोत्तरीको बर्दिबास नगरपालिका–४ घर भएका २३ वर्षीय बिरबल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप