भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
बुधबार, १० वैशाख २०८२, १७ : ५३
काठमाडौँ । भक्तपुरको च्याम्हासिंह स्थित लिवालीमा बसको ठक्करबाट १० वटा दुईपांग्रे सवारीमा क्षति पुगेको छ ।
भक्तपुर नगरपालिका–८ स्थित लिवालीमा च्याम्हासिंहबाट जगाते तर्फ जाँदै गरेको बा.३ ख ५०४७ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।
बसको ठक्करबाट पार्किङ गरेर राखिएको ३ स्कुटर र ७ वटा मोटरसाइकलमा क्षति पुगेको छ । बस चालक महोत्तरीको बर्दिबास नगरपालिका–४ घर भएका २३ वर्षीय बिरबल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
-
बैतडी बस दुर्घटना : घाइतेको संख्या १९ पुग्यो, दुई जनाको अवस्था गम्भीर
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण