तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
बुधबार, १० वैशाख २०८२, १७ : ५६
काठमाडौँ । गत चैत १५ गते भएको राजावादीको प्रदर्शनमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन् ।
थापा राप्रपाको जिल्ला युवा मोर्चाको जिल्ला संयोजक रहेको प्रहरीको भनाई छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापालाई बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका–१३ साँगाबाट पक्राउ गरेको हो ।
प्रहरी प्रतिवेदन जाहेरीले दुर्गा प्रसाईँसमेत भएको राज्यविरुद्ध र संगठित अपराध एवं आपराधिक उपद्रवसम्बन्धी कसुर समेतको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई थप अनुसन्धान र कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण