तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
बुधबार, १० वैशाख २०८२, १७ : ५६

काठमाडौँ । गत चैत १५ गते भएको राजावादीको प्रदर्शनमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन् ।
थापा राप्रपाको जिल्ला युवा मोर्चाको जिल्ला संयोजक रहेको प्रहरीको भनाई छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापालाई बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका–१३ साँगाबाट पक्राउ गरेको हो ।
प्रहरी प्रतिवेदन जाहेरीले दुर्गा प्रसाईँसमेत भएको राज्यविरुद्ध र संगठित अपराध एवं आपराधिक उपद्रवसम्बन्धी कसुर समेतको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई थप अनुसन्धान र कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)