तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिक सडकमा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-३ मुड्खु बस्ने काठमाडौँ सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा को.१ ख ७४८२ नम्बरको बसले स.४ प ५८४१ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुर बेलका नगरपालिका-४ बस्ने ५५ वर्षीया कुमारी आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण