शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

बुधबार, १० वैशाख २०८२, १८ : २४
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । काठमाडौंको तारकेश्‍वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिक सडकमा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । 

 बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्‍वर नगरपालिका-३ मुड्खु बस्ने काठमाडौँ सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

उता मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा को.१ ख ७४८२ नम्बरको बसले स.४ प ५८४१ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुर बेलका नगरपालिका-४ बस्ने ५५ वर्षीया कुमारी आचार्यको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप