सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ४ जना ट्राफिक प्रहरी जिम्मेवारीमुक्त
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो सार्वजनिक भएपछि त्यसबारे छानबिन थालिएको छ । कुटपिटमा संलग्न ट्राफिक प्रहरीहरु ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत रहेको भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
सो घटना २०८१ मंसिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको पाइएको छ । कुटपिटमा संलग्न जवानसहित घटनास्थलमा देखिएका ४ जनालाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा झिकाइएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘दिउँसो १ बजेतिर कुटपिट भएको रहेछ, त्यसबारे छानबिन सुरु गरेका छौँ ।’
कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राज्य आतंक’ भनेर त्यसलाई शेयर गर्दै त्यसबारे प्रतिक्रिया व्यक्त गरिरहेका छन् । घटनामा दोषी भेटिए प्रहरी नियमावली अनुसार कारबाही गरिने एसपी गिरीले जानकारी दिए ।
याे पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण