अराजकता चाहने शक्तिहरूले समाजलाई अस्थिर बनाउन खोजिरहेका छन् : एमाले
काठमाडौँ । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले मुलुकमा अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको बताएको छ । आजबाट सुरु प्रतिनिधिसभाको बजेट अधिवेशनमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद गोकर्णराज विष्टले अराजक र अस्थिरतामा मुलुकलाई लैजाने प्रयासलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गरिने बताए ।
‘अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेका छन्,’ विष्टले पार्टीका तर्फबाट प्रतिनिधिसभामा धारणा राख्दै भने, ‘उनीहरूलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गर्दै व्यवस्था र संसदीय मर्यादालाई बलियो बनाउन सकिन्छ । सरकार त्यो बाटोमा अगाडि बढ्नुपर्छ ।’
विष्टले उत्पन्न भएका अनेक सङ्कटहरूको समाधान लोकतान्त्रिक व्यवस्थाबाटै समाधान गर्नुपर्ने बताए । गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक कार्यक्रमलाई लक्षित गर्दै मुलुकमा उत्पन्न समस्यालाई यही व्यवस्थाभित्र रहेर समाधान गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण