अराजकता चाहने शक्तिहरूले समाजलाई अस्थिर बनाउन खोजिरहेका छन् : एमाले

काठमाडौँ । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले मुलुकमा अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको बताएको छ । आजबाट सुरु प्रतिनिधिसभाको बजेट अधिवेशनमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद गोकर्णराज विष्टले अराजक र अस्थिरतामा मुलुकलाई लैजाने प्रयासलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गरिने बताए ।
‘अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेका छन्,’ विष्टले पार्टीका तर्फबाट प्रतिनिधिसभामा धारणा राख्दै भने, ‘उनीहरूलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गर्दै व्यवस्था र संसदीय मर्यादालाई बलियो बनाउन सकिन्छ । सरकार त्यो बाटोमा अगाडि बढ्नुपर्छ ।’
विष्टले उत्पन्न भएका अनेक सङ्कटहरूको समाधान लोकतान्त्रिक व्यवस्थाबाटै समाधान गर्नुपर्ने बताए । गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक कार्यक्रमलाई लक्षित गर्दै मुलुकमा उत्पन्न समस्यालाई यही व्यवस्थाभित्र रहेर समाधान गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण