शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षकहरूको आन्दोलनलाई गलत दिशातर्फ लैजानेगरी प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन् ।
उनले प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको तर्क गरे । बर्तौलाले शिक्षकहरूको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन शिक्षकहरूलाई अपिल समेत गरे । बानेश्वरमा आइतबार भएको झडप दुखद भएकाले आगामी दिनमा यस्तो घटना दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने उनले बताए ।
उनले संसद् र सांसदहरूलाई अनावश्यक दबाब दिएर कानुन बनायौँ भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण