दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४६ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले दिल्ली क्यापिटल्सलाई हराएको छ । बैंग्लुरु ९ बल बाँकी छँदै ६ विकेटले विजयी भयो ।
दिल्लीले १६३ रनको मध्यम चुनौति दिएकामा बैंग्लुरुले १८ ओभर ३ बलमा मात्र चार विकेट गुमाएर पार गरेको हो । बैंग्लुरुका लागि क्रुणाल पाण्ड्याले सर्वाधिक ७३ रन बनाए । उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७३ रन बनाएका हुन् । समान ४७ बल सामना गरेका विराट कोहलीले भने अर्थशतक पार गरे । उनले ४७ बलमा ४ चौकाको मद्दतले ५१ रन बनाए ।
टिम डेभिडले अविजित १९ रन बनाउँदा आपनर ज्याकब बेथेलले १२ रन बनाए । दिल्लीका अक्सर पटेलले दुई विकेट लिए । यसअघि, अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा मात्र १६२ रन मात्र बनाउन सक्यो । दिल्लीका कुनै पनि ब्याटरले अर्धशतकीय पाली खेल्न सकेनन् ।
केएल राहुलले सर्वाधिक ४१ रनको योगदान दिए भने ट्रिस्टन स्टब्सले ३४ रन बनाए । त्यस्तै अभिषेक पोरेलले २८ रन बनाए ।
करुन नैरले मात्र ४ रन बनाए भने अन्य दिन तीव्र गतिमा ब्याटिङ गर्दै आएका अक्षर पटेलले पनि आज १५ रन मात्र बनाउन सके ।
बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जोस हेजलवुडले २ विकेट लिए । यो जितपछि १४ अंक बटुलेको बैंग्लुरु शीर्ष स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको गुजरात टाइटन्स दोस्रो स्थानमा झरेको छ । दुई खेल कम खेलेको गुजरात समान अंक भए पनि रनरेटका आधारमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भन्दामाथि रहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण