सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ ।
सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ । खानेपानीमन्त्री प्रदीप यादवले अब सिंहदरबारमा खानेपानीका बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए ।
हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रूपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले बताइन् । उनले भनिन्, “सिंहदरबारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीव्र रूपमा अगाडि बढेको छ ।”
मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर पिउन मिल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख अशोककुमार पौडेलले बताए । उनले भने, “मेलम्चीबाट जोडिएको पानी शुद्ध र पिउन योग्य हुन्छ । अब चाँडै सिंहदरबारमा मेलम्चीको पानी वितरण हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन
-
अस्थिर राजनीतिले नेपालमा पनि बंगलादेशको जस्तै जनआक्रोश निम्त्याउन सक्छ ?
-
‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय
-
इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप