कैलालीबाट हतकडीसहित भागेकी थुनुवा खोज्दा अर्का फरार पनि भेटिए

काठमाडौँ । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्न ५० वर्षीया मीना शाही दमाई आइतबार कैलालीस्थित जिल्ला सरकारी वकिल कार्यालयबाट हतकडीसहित फरार भएकी थिइन् ।
उनलाई प्रहरीले भारतको पलियाबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । कैलालीका एसपी पदम विष्टले उनलाई पक्राउ गरिएको रातोपाटीलाई बताए । उनले भने, ‘भारतीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेका छौँ ।’
मीना शाही दमाईले आफ्नै भदैनीलाई भारतमा लगेर बेचेको आरोप छ । मीनालाई खोज्दा सो मुद्दामा फरार आएका अर्का एक जना फेला परेका छन् । बेचबिखन मुद्दामा फरार रहेका उदय परियारलाई पनि पक्राउ गरिएको एसपी विष्टले जानकारी दिए । उदय परियार ‘राइटर’ टिकापुर नगरपालिका–१ स्थित बिशालनगरबाट पक्राउ गरेका हुन् ।
मीना शाहीले लगाएको हतकडी धनगढीस्थित एउटा होटेलमा फेला परेको छ । बसपार्कको होटेलमा उनले हतकडी कसरी फुकाल्न सफल भइन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । थुनुवा भागेको घटना अनुसन्धान गर्न दुई जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक हवलदार चक्र अधिकारी र जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता