समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी
सोमबार, १५ वैशाख २०८२, १२ : १५

काठमाडौँ । कलाकार दीपकराज गिरीले नेपालीहरूमा बहिष्कार परम्परा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समाज बिस्तारै बिस्तारै असहिष्णुता तिर बढ्दै गएको चिन्ता व्यक्त गरेका छन् ।
‘आज म लेख्दैछु, दसैँमा हाम्रो फिल्म चल्दा सामाजिक सञ्जालमा यसको फिल्म नहेरौँ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छु ! बहिष्कारको बहाना फरक फरक भएपनि त्यो नारा बिस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्त सम्म आइपुग्यो’, उनी भन्छन् ‘कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले तारिफ गरेन...बहिष्कार ! बहिष्कारै बहिष्कार !!’
‘हामी कलाकार त बहाना मात्रै हौ ! वास्तवमा अहिले राजावादीले गणतन्त्रवादी बहिष्कार ! गणतन्त्रवादीले राजावादी बहिष्कार, यो विचार राख्ने ले त्यो बिचार राख्नेलाई बहिष्कार !’ एकले अर्काको अस्तित्व नै बहिष्कार गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?