ट्रम्पको पुनरागमनपछि मस्कको शक्ति बढ्यो तर लोकप्रियता र सम्पत्तिमा घाटा
वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनबाट विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई निःसन्देह फाइदा भएको छ । पछिल्ला केही महिनाहरूमा वासिङ्टनको राजनीतिक करिडोरमा उनको शक्ति उल्लेखनीय रूपमा बढेको छ ।
तर, यसैबिच उनको लोकप्रियता र सम्पत्तिमा भने उच्च कमी आएको छ । एसोसिएटेड प्रेस र एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको सर्वेक्षण अनुसार टेक मुगल र विश्वको सबैभन्दा धनी व्यक्ति मस्कले हालैका महिनाहरूमा वाशिंगटनमा आफ्नो शक्ति बढेको देखेका छन् ।
तर उनको लोकप्रियता घटेको छ । सर्वेक्षणअनुसार अमेरिकी वयस्कहरूमध्ये केवल ३३ प्रतिशतले मात्रै मस्कबारे सकारात्मक दृष्टिकोण राखेका छन् । डिसेम्बरमा भएको यही सर्वेक्षणमा यो ४१ प्रतिशत थियो । सरकारी खर्च कटौती र सरकारी खर्चको पुनर्संरचना गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको अनुहार हुन् मस्क । तर अहिले ट्रम्प पनि अलोकप्रिय बन्दै गएका छन् ।
ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार पछिल्लो एक वर्षमा मस्कको सम्पत्ति ९७ अर्ब ७० करोड डलरले घटेको छ । तर, विश्वको सबैभन्दा धनी व्यक्तिको रूपमा मस्कको उपाधि कसैले पनि खोस्न सकेका छैनन् । ३३५ अर्ब डलरको कुल सम्पत्तिका साथ उनी अझै पनि विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण