कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे
नयाँ दिल्ली । पनिर प्रोटिनको राम्रो स्रोत हो । विवाह होस् वा कुनै ठुलो कार्यक्रम शाकाहारी भोजनमा पनिर सबैभन्दा बढी प्रयोग गरिन्छ । तर तपाईंले खाइरहनुभएको चिज पनिर नै हो कि अरू केही ? यो कतै तपाईंको स्वास्थ्यलाई उल्टै बिगार्ने चिज पो हो ?
भारतको बलिया सिटी कोतवाली क्षेत्र अन्तर्गत जगदीशपुरमा रहेको पंकज डेयरी एन्ड मिल्क प्रोडक्ट्स नामक कारखानामा खाद्य सुरक्षा तथा औषधि विभागले छापा मार्दा अचम्मको कुरा खुलासा भएको छ । यहाँ मकैको पाउडरमा आधारित पनिर भेटिएको छ । कारखानामा यहाँ स्टार्चलाई स्किम्ड मिल्क पाउडरमा मिसाएर चीज बनाइँदै थियो ।
जानकारी पाउने बित्तिकै, आजमगढ र बलियाबाट एक टोलीले कारखानामा छापा मारेको थियो । यसक्रममा विभागले ठुलो मात्रामा नक्कली पनिर फेला पार्याे । विभागले घटनास्थलबाट सबै सामान जफत गरेको छ ।
वास्तविक पनिर दूधबाट बनाइन्छ । तर, यहाँ पनिर मकैको पिठोबाट बनाइँदै थियो भनेर प्रमुख खाद्य सुरक्षा अधिकृत दिनेशकुमार राईले भनेका छन् । यस्तो पनिर निकै हानिकारक हुन्छ । टोलीले १५ किलो स्टार्च र लगभग ५८ किलो एसएमपी जफत गरेको छ ।
यसरी चिन्नुहोस् सक्कली र नक्कली पनिर
विज्ञहरूका अनुसार वास्तविक र नक्कली पनिर पहिचान गर्नु धेरै महत्त्वपूर्ण छ । यो कुरा छुट्याउन पनिरलाई तातो पानीमा हालेर, पिसेर वा आयोडिन टिंचरले परीक्षण गर्न सकिन्छ । असली पनिर पानीमा घुल्दैन । तर नक्कली पनिर सजिलै पग्लन वा फुट्न सक्छ ।
वास्तविक पनिरको स्वाद अलि गुलियो हुन्छ भने नक्कलीको स्वाद अनौठो हुनसक्छ । नक्कली पनिरलाई हातले माड्दा टुक्रिनुभन्दा पनि रबर जस्तै लचिलो भएर तन्किन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण