दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
सोमबार, १५ वैशाख २०८२, १६ : ५८
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीप्रसाद सन्जेलको एकल इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
बस्नेतले २०८० कात्तिक १७ गते प्रसाईंविरुद्ध र प्रसाईंले बस्नेतविरुद्ध २०८० पुस ११ गते गाली बेइज्जती मुद्दा दर्ता गराएका थिए । बस्नेतले प्रसाईंलाई मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको भन्दै अभिव्यक्ति दिएकोमा प्रसाईंले बस्नेत हैसियत नभएको व्यक्ति भएको र नेकपा अध्यक्ष केपी शर्मा ओलीले उचालेर नेता बनाइदिएको बताएका थिए ।
दुवैले सार्वजनिक फोरम र सामाजिक सञ्जालमार्फत एक अर्काविरुद्ध आक्षेप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण