दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
सोमबार, १५ वैशाख २०८२, १६ : ५८

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भक्तपुर अदालतका न्यायाधीश श्रीप्रसाद सन्जेलको एकल इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
बस्नेतले २०८० कात्तिक १७ गते प्रसाईंविरुद्ध र प्रसाईंले बस्नेतविरुद्ध २०८० पुस ११ गते गाली बेइज्जती मुद्दा दर्ता गराएका थिए । बस्नेतले प्रसाईंलाई मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको भन्दै अभिव्यक्ति दिएकोमा प्रसाईंले बस्नेत हैसियत नभएको व्यक्ति भएको र नेकपा अध्यक्ष केपी शर्मा ओलीले उचालेर नेता बनाइदिएको बताएका थिए ।
दुवैले सार्वजनिक फोरम र सामाजिक सञ्जालमार्फत एक अर्काविरुद्ध आक्षेप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?