सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
मङ्गलबार, १६ वैशाख २०८२, १३ : २७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूले अश्लील नबोलेको दाबी गरेका हुन् ।
उनले भने, “अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको हुँ । मैले अश्लील बोलेको छैन ।”
यसैगरी उनले आफूले बोलेको कुरा राम्रोसँग ध्यान दिएर सुनेर मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको सांसद आलेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान
-
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु || Live ||
-
गण्डकीको बजेट : सांसदलाई ५ लाखको रन्को, अर्थ सचिवको पालिकामा योजनाको लर्को
-
मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै
-
खेल सुरु गर्न ढिला गरेको भन्दै सिटीमाथि १० लाख पाउन्ड जरिवाना
-
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह