सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
मङ्गलबार, १६ वैशाख २०८२, १३ : २७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूले अश्लील नबोलेको दाबी गरेका हुन् ।
उनले भने, “अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको हुँ । मैले अश्लील बोलेको छैन ।”
यसैगरी उनले आफूले बोलेको कुरा राम्रोसँग ध्यान दिएर सुनेर मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको सांसद आलेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण