आज साँझ जनमत पार्टीको बैठक बस्दै
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीसँग एकताको विषयमा छलफल गर्न आज साँझ जनमत पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बानेश्वरस्थित पार्टी कार्यालयमा साँझ ६ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा कार्यकारिणी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ ।
सम्पूर्ण कार्यकारिणी सदस्यलाई आफ्नो नागरिकता र मतदाता परिचयपत्र लिएर आउन पार्टीले सूचित गरेको छ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकताको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख १७ गते पार्टी एकता घोषणा हुँदैछ । पार्टीको नाम जनमत पार्टी रहने छ भने चुनाव चिह्न ढकिया रहने सहमति भएको छ ।
त्यस्तै पार्टीको कार्यकारी अध्यक्षमा डा. सीके राउत, संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने तय भएको छ ।
संरक्षक रेशम चौधरीसहित ५१ सदस्यीय पदाधिकारीमा दुवै पार्टीबाट २५–२५ जना रहने छन् भने ७०० सदस्यीय केन्द्रीय समितिमा पनि दुवै पार्टीबाट आधाआधा रहने सहमति भएको छ ।
भोलि एकीकरण घोषणा भएपछि वैशाख १९ गते पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने नेताहरूले जनाएका छन् । भोलि एकताको घोषणा भएपछि त्यही दिन एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बसेर पार्टी दर्ताका लागि निर्णय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण