विराटनगरमा एक बालकको मृत्यु
मङ्गलबार, १६ वैशाख २०८२, १९ : ४९

विराटनगर । घरको गेटले किच्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ जामुनगाछी स्थित राधाकृष्ण मार्ग बस्ने नारायण झाका १० वर्षीय छोरा प्रियान्सु झाको मंगलबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरको फलामको मुख्य गेट खोल्ने क्रममा उनलाई गेटले किचेको थियो । गेटले किच्दा गम्भीर घाइते भएका बालकलाई नोबेल मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता