नक्कली सरकारी एजेन्ट बनेर वृद्धलाई ठग्ने दुई भारतीय अमेरिकामा पक्राउ
न्यूयोर्क । अमेरिकामा अध्ययनरत दुई भारतीय विद्यार्थी समातिएका छन् । एक वृद्ध व्यक्तिलाई ठगेको आरोपमा महम्मदिलहम वाहोरा र हाजियाली वाहोरालाई प्रहरीले समातेको हो ।
यी दुवै अभियुक्त विद्यार्थी शिकागोको इस्ट–वेस्ट विश्वविद्यालयमा अध्ययनरत थिए । दुवै विद्यार्थी भिसामा अमेरिकामा बस्दै आएका थिए । एल पासो काउन्टी शेरिफको कार्यालयका अनुसार दुवै जनालाई यसै महिना एल पासो काउन्टी जेलमा राखिएको थियो ।
उनीहरूमाथि वृद्धवृद्धाविरुद्धको अपराध, चोरी, डकैती र सम्पत्ति शुद्धीकरणलगायत जघन्य अपराधको आरोप लगाइएको छ ।
सरकारी एजेन्ट बनेर वृद्धलाई डराइयो
यो घटना अक्टोबर २०२४ को हो । एक व्यक्तिले फोन गरेर आफूलाई सरकारी एजेन्टको रूपमा परिचय गराएको र बारम्बार धम्की दिएको गुनासो शेरिफको क्षेत्रीय सञ्चार केन्द्रले पाएको थियो । डरले गर्दा, ती वृद्ध व्यक्तिले क्रिप्टोकरेन्सी एटीएम मार्फत पैसा पठाएर सुन किनेका थिए । यसलाई पछि आरोपीले उनीबाट खोसेर लगे ।
अनुसन्धानको क्रममा, अधिकारीहरूले मोबाइल टावरको डेटाको सहयोगमा दुवै विद्यार्थीको पहिचान गरे । अनि दुबैजना समातिए ।
यस्ता ठगहरूको गिरोह जताततै फैलिएको अनि ज्येष्ठ नागरिकहरूलाई ठग्ने हर कोही लज्जित हुनुपर्ने शेरिफ जोसेफ रोयबलले मुद्दामा भनेका छन्
कसैले आफूलाई सरकारी अधिकारी, बैंक अधिकारी वा आईटी विशेषज्ञको रूपमा परिचय दिँदै पैसा, क्रिप्टो वा सुन माग्छ भने सावधान रहन शेरिफको कार्यालयले चेतावनी दिएको छ ।
यस्ता ठगेहरूले प्रायः वृद्धवृद्धाहरू निशाना बनाउँछन् अनि उनीहरूबाट ठुलो रकम निकाल्न लगाएर यसलाई नगद, क्रिप्टो वा सुनमा परिणत गर्न लगाउँछन् अनि खोसेर लान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण