ट्रम्पले अमेजनका मालिक बेजोसलाई किन बोलाए ?

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेजनका मालिक जेफ बेजोस बिचको टक्कर बढेको छ । ट्रम्पले लगाएको ट्यारिफको लागत आफ्ना उत्पादनहरूको मूल्यमा थप्ने घोषणा अमेजनले गरेको थियो । अमेजनको यो कदमलाई ह्वाइट हाउसले अमेरिका विरुद्ध शत्रूतापूर्ण र राजनीतिक कार्य भनेको छ ।
अमेजनको यस कदमबारे ट्रम्पलाई जानकारी गराएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताइन् । अमेजनको कदम शत्रुतापूर्ण र राजनीतिक भएको ट्रम्पले बताएका छन् । आफ्नो वेबसाइटमा अमेजनले प्रत्येक उत्पादनको मूल्य सूचीबद्ध गर्ने योजना बनाएको छ ।
ट्रम्पको शुल्कले कति लागत कति बढाइरहेको छ भन्ने कुरा पनि समावेश गर्ने योजना अमेजनले बनाएको छ । पक्षपाती तरिकाले काम गरेको आरोप लेविटले अमेजनलाई लगाइन् । बाइडेन प्रशासनको समयमा मुद्रास्फीति ४० वर्षको उच्च बिन्दुमा हुँदा चाँहि कम्पनीले किन त्यसो गरेन ? भनेर उनले अमेजनलाई प्रश्न गरेकी छिन् ।
बेजोस विरुद्ध ट्रम्पले किन छेडे युद्ध ?
लेविटले अमेजनलाई चीनको प्रचारको हिस्सा भएको आरोप पनि लगाइन् । अमेजनले चीनको प्रचार शाखासँग साझेदारी गरेको भन्दै अमेरिकी जनताले अमेरिकी उत्पादनहरू किन्नु पर्नेमा उनले जोड दिइन् । अमेजनले चीनको प्रचार संयन्त्रसँगको सहकार्यमा बिक्री पोर्टल सिर्जना गरेको एउटा पुरानो रिपोर्टलाई उद्धृत गर्दै लेविटले भनेकी थिइन् । अमेजनले चिनियाँ पुस्तकहरूको मूल्याङ्कन र टिप्पणीहरू हटाएको आरोप पनि उनले लगाइन् ।
यसो भन्छ अमेजन-
अमेजनले मंगलबार एक नयाँ विज्ञप्ति जारी गरेको थियो । सो कम्पनीले आफूले बेच्ने सामानमा ट्यारिफ शुल्क छुट्टै देखाउने विचार गरिरहेको बताएको थियो । यो विचार अमेजनको अमेजन हल वेबसाइटको लागि थियो । तर अब अमेजनले यो परिवर्तन गर्ने छैन । अमेजनका प्रवक्ता टिम डोयलले एक विज्ञप्तिमा भने कि उनको टोलीले केही उत्पादनहरूमा आयात शुल्क देखाउन चाहेको थियो ।
यो टोलीले अमेजन हल स्टोर चलाउँछ । यो विचार कहिल्यै स्वीकृत भएन । र यो अब हुने छैन । ह्वाइट हाउसले अमेजनलाई निशाना बनाएपछि यो घोषणा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म