टेस्लामा मस्कलाई सीईओबाट हटाउने प्रक्रिया सुरु
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सञ्चालक समितिका सदस्यहरूले सीईओ एलन मस्कको ठाउँमा नयाँ सीईओ छान्ने प्रक्रिया सुरु गरेका छन् । मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी दक्षता विभाग (डज)को प्रमुख बनेयता कम्पनीको विक्री र मुनाफा घटेको छ भने शेयर मूल्य ओरालो लागिरहेको छ । यस्तोमा कम्पनीको सञ्चालक समितिले कार्यकारी खोजिदिने कयौँ कम्पनीलाई सम्पर्क गरेको थियो ।
यो कुरा मार्चको भएको वाल स्ट्रिट जर्नलले बुधवार राति कयौँ अज्ञात स्रोतलाई उद्धृत गर्दै भनेको थियो । मस्क कम्पनीको सीईओको पदबाट कहिले बाहिरिन्छन् र उनलाई विस्थापित गर्ने व्यक्तिको खोजी अहिले पनि जारी छ त भन्ने कुरा स्पष्ट छैन ।
यो वर्ष सुरु भएयता टेस्लाको सेयर मूल्य ४५ प्रतिशतसम्म घटेको थियो । डजको प्रमुखको जिम्मेवारी निभाउन मस्क व्यस्त भइरहेको समयमा कम्पनीको सेयर मूल्यमा गइरहेको पहिरोले कम्पनीको सञ्चालक समितिले धैर्य गुमाइरहेको छ ।
पहिलो त्रैमासमा कम्पनीको विक्री र मुनाफा दुबैमा व्यापक कमी आएको गएको हप्ता टेस्लाले जारी गरेको त्रैमासिक प्रतिवेदनले देखाएको थियो । कम्पनीको बिक्री ९ प्रतिशतले घट्दा खुद मुनाफा ७१ प्रतिशतले घटेको थियो । मस्कले हालै मेदेखि डजमा आफ्नो भूमिका छोट्याएर टेस्लालाई धेरै समय दिने भनेका थिए ।
उनको यस घोषणाले उनलाई विस्थापित गर्ने योजनामा केही हेरफेर हुन्छ कि यो भने स्पष्ट भइसकेको छैन । यस खबरप्रति सीएनएनको जिज्ञासामा मस्क र टेस्ला दुवैले कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण