श्रमिकको आत्मसम्मान उच्च बनाउन संघर्ष गर्छौँ : राजेन्द्र महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले श्रमिकको श्रमको सम्मान गर्ने र श्रमिकहरूको आत्मसम्मान उच्च बनाउने न्यायपूर्ण र समतामूलक राज्य निर्माणका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका छन् ।
श्रमिक दिवसको अवसरमा बिहिवार एक विज्ञप्ति जारी गर्दै उनले देशको परिवर्तनमा श्रमिक वर्गको ठूलो योगदान रहेको छ तर परिवर्तनका लागि भएका ती आन्दोलन पश्चात श्रमिकहरु ठगिएको बताए ।
उनले भने, ‘विश्वभर झैं नेपालमा पनि श्रमिक आन्दोलनको इतिहास लामो र गौरवपूर्ण छ । राणा कालदेखी पञ्चायत विरुद्धको पहिलो जनआन्दोलन, माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलनमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्नमा श्रमिक वर्गको सक्रिय भूमिका रहेको थियो । तर ती जनयुद्ध र आन्दोलनहरू पश्चात हरेक पटक श्रमिकहरू झुठा आश्वासनहरुमा ठगिएका छन् ।’
श्रमिकहरू विगतको जस्तो आर्थिक रुपमा मात्र होइन, सामाजिक साँस्कृतिक र राजनैतिक रुपमा पनि शोषणको दुष्चक्रमा फसेको बताउदै अध्यक्ष महतोले अब सम्पूर्ण स्वदेशी मजदुरहरू राष्ट्रिय मुक्ति क्रान्तिमार्फत विगतमा झुठा आश्वासनमा फसाउने राज्यधारी सभ्रान्तहरूका विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण