वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयो : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताएका छन् । बिहीबार १ सय ३६ औं श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आवद्ध मजदुर संगठन (टुकोन) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाए ।
उनले उदास, हतास र निराशालाई चिर्नकै लागिपनि व्यवस्था परिवर्तन जरुरी भएको दाबी गरे । अध्यक्ष थापाले सम्पूर्ण हिन्दुवादी एक हुनुपर्ने वर्तमानको माग भएकाले वर्षायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातारण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने- ‘राप्रपा, नेपालले विगत केही वर्षदेखि अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्ने, सनतान हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना गर्ने र अहिलेको तीन तहको संघीय संरचनालाई परिमार्जन गरेर केन्द्र र स्थानीय तहको २ तहमात्र व्यवस्था गर्नुपर्छ भनेर आह्वान गरिराखेको छ ।’
अध्यक्ष थापाले भने- ‘बेला बेलामा सडक संघर्ष पनि गरिरहेका छौं । विभिन्न दलहरु र समूहहरुले एक्ला एक्लै गरेको संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन गर्न नसकिने भएका कारण सबै एकजुट भएर अगाडि बढौं भनेर आह्वान गर्दै प्रयास गरिरहेका छौँ । अहिले राजसंस्था पुनःस्थापना गर्छु भनेर लागेका सबै दल र समूहहरुको वैशाख १५ गते नै सन्देश दिइसकेका छौँ । त्यो सन्देशलाई आत्मसात गर्दै अहिलेको व्यवस्थाबाट मुक्ति चाहने सबैको एउटा साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।’
अध्यक्ष थापाले हिन्दुराष्ट्र स्थापना र सुशासन कायम गर्न राष्ट्रवादीहरुको आन्दोलनमा उत्रिएको दाबीसमेत गरे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण