‘मकवानपुर महिला गोल्डकप’ आजदेखि, उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने
हेटौँडा । मकवानपुर गोल्डकप महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा हेटौँडा–६ स्थित गौरिटार रंगशालामा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख अतिथ्यतामा प्रतियोगिताको उद्घाटन समारोह हुने प्रतियोगिताको संयोजक प्रताप विष्टले जानकारी दिए । छैटौँ संस्करणसम्म पुरुष गोल्डकप आयोजना गरेको संघले सातौँ संस्करणमा महिला गोल्डकप आयोजना गरेको हो । सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप महिला फुटबल प्रतियोगिता नामाकरण गरिएको प्रतियोगिता अन्तर्गत आज शुक्रबारो उद्घाटन खेलमा मकवानपुर र चितवनको टिम भिड्ने छन् । रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर र चितवन फुटबल संघ बिच दिउँसो ३ः३० बजे खेल हुनेछ ।
प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहेको छ । जसमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिससहित मकवानपुर, रौतहट, चितवन जिल्लाको टिमसहित वीरगन्ज युथ एकेडेमी, संकटा र नवजनजागृति युवा क्लबको सहभागिता रहेको हो ।
हेटौँडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ, भमिफेदी र कैलाश गाउँपालिकाको ३÷३ लाख रुपैयाँसहित प्रतियोगिता आयोजनाका लागि विभिन्न क्षेत्रको सहयोग रहेको बताइएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण