ओरेन्ज क्यापको दौडमा सूर्यकुमार शीर्ष स्थानमा
मुम्बई । मुम्बई इन्डियन्सका सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । योसँगै उनले ‘ओरेन्ज क्याप’ प्राप्त गर्ने दौडमा विराट कोहली र साई सुदर्शनलाई उछिन्न सफल भएका हुन् ।
बिहीबार राजस्थान रोयल्सलाई हराउने क्रममा यादवले २३ बलमा ४८ रनको शानदार इनिङ्स खेलेका थिए । यो सिजन उनले ४७५ रन जोडेका छन् । गुजरात टाइटन्सका साई सुदर्शनले ४५६ रन बनाएका छन् भने रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहलीले ४४३ रन जोडेका छन् । यादवले ११ खेल खेल्दा सुदर्शनले ९ र कोहलीले १० खेल खेलेका छन् ।
बिहीबार मात्र ११ रन जोडेका यशस्वी जैसवाल ४३९ रनसहित चौथो स्थानमा रहेका छन् । गुजरातका जोस बट्लरले ४०६ रन तथा लखनउ सुपर जायन्ट्सले ४०४ रन बनाएका छन् ।
उता, सर्वाधिक विकेट लिने बलरको सूचीमा बेंगलुरुका जोस हेजलवुड शीर्ष स्थानमा रहेका छन् । उनले हालसम्म १८ विकेट लिएका छन् l पर्पल क्यापको दौडमा गुजरातका प्रसिद्ध कृष्ण १७ विकेटसहित दोस्रो स्थानमा कायम छन् ।
बिहीबार राजस्थानविरुद्ध ३ विकेट लिएका मुम्बईका ट्रेन्ट बोल्ट तेस्रो स्थानमा उक्लिएका छन् । उनले ११ खेलबाट १६ विकेट लिएका छन् । चेन्नई सुपर किंग्सका नुर अहमदले १० खेलमा १५ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026