मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

ओरेन्ज क्यापको दौडमा सूर्यकुमार शीर्ष स्थानमा

शुक्रबार, १९ वैशाख २०८२, ११ : ०२
शुक्रबार, १९ वैशाख २०८२

मुम्बई । मुम्बई इन्डियन्सका सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । योसँगै उनले ‘ओरेन्ज क्याप’ प्राप्त गर्ने दौडमा विराट कोहली र साई सुदर्शनलाई उछिन्न सफल भएका हुन् ।

बिहीबार राजस्थान रोयल्सलाई हराउने क्रममा यादवले २३ बलमा ४८ रनको शानदार इनिङ्स खेलेका थिए । यो सिजन उनले ४७५ रन जोडेका छन् ।  गुजरात टाइटन्सका साई सुदर्शनले ४५६ रन बनाएका छन् भने रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहलीले ४४३ रन जोडेका छन् । यादवले ११ खेल खेल्दा सुदर्शनले ९ र कोहलीले १० खेल खेलेका छन् ।

बिहीबार मात्र ११ रन जोडेका यशस्वी जैसवाल ४३९ रनसहित चौथो स्थानमा रहेका छन् । गुजरातका जोस बट्लरले ४०६ रन तथा लखनउ सुपर जायन्ट्सले ४०४ रन बनाएका छन् ।

उता, सर्वाधिक विकेट लिने बलरको सूचीमा बेंगलुरुका जोस हेजलवुड शीर्ष स्थानमा रहेका छन् । उनले हालसम्म १८ विकेट लिएका छन् l  पर्पल क्यापको दौडमा गुजरातका प्रसिद्ध कृष्ण १७ विकेटसहित दोस्रो स्थानमा कायम छन् ।

बिहीबार राजस्थानविरुद्ध ३ विकेट लिएका मुम्बईका ट्रेन्ट बोल्ट तेस्रो स्थानमा उक्लिएका छन् । उनले ११ खेलबाट १६ विकेट लिएका छन् । चेन्नई सुपर किंग्सका नुर अहमदले १० खेलमा १५ विकेट लिएका छन् ।

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप