बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममाथि वर्षमान पुनको टिप्पणी– गन्तव्यविहीन जस्तो लाग्यो

शुक्रबार, १९ वैशाख २०८२, १७ : ३८
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम गन्तव्यविहीन भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदमा प्रस्तुत गरेको सरकारको आगामी नीति तथा कार्यक्रममाथि पुनले प्रतिक्रिया दिएका हुन् । उनले विगतमा नीति साथसाथै कार्यक्रम पनि आउने परम्परा यो पटक ब्रेक भएको बताएका छन् । 

‘नीति तथा कार्यक्रम गन्तव्यविहीन जस्तो लाग्यो । अर्कोतिर निरस खालको छ । परम्परागत खालको लाग्यो । किनकि विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रम सरकारले संसदमा नै प्रस्तुत गर्थ्यो । बजेटमा अङ्क राख्ने काम र स्रोत जुटाउने कसरी भन्ने कुरा बजेटमा आउँथ्यो’, उनले भने– ‘यस पटक कार्यक्रम छैन । विगतमा कृषिसम्बन्धी, शिक्षासम्बन्धी, स्वास्थ्यसम्बन्धी कार्यक्रम स्पष्ट रूपमा राखिन्थ्यो । संसद्ले पारित गरेपछि त्यसैअनुसार बजेटमा अङ्क राखिन्थ्यो । त्यो परम्परा यस पटक ब्रेक गरिएको छ ।’

समग्रमा भन्दा सरकार गन्तब्यबिहीन तरिकाले चलिरहेकाले गन्तब्यबिहीन नीति ल्याएको पुनको प्रतिक्रिया दिए । अर्कोतिर संसद्लाई छलेर कार्यक्रम आफूखुसी गर्न खोजेको आशङ्का व्यक्त गरे । यो पटक फरक दलबाट राष्ट्रपति भएकाले न्युनिङ नमिल्ने भएर नै कार्यक्रम नराखिएको उनले आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप