पारिवारिक कारणले होइन, प्रतिबन्धित औषधि सेवनका कारण आइपीएल छाडेर स्वदेश फर्किएका थिए कागिसो राबडा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी संस्करणमा दक्षिण अफ्रिकाका प्रभावशाली बलर कागिसो राबडा गुजरात टाइटन्समा आबद्ध थिए । तर, उनी बिचमै खेल छाडेर दक्षिण अफ्रिका फर्किएका थिए ।
त्यतिबेला गुजरात टाइटन्सले २९ वर्षीय तीव्र गतिका बलर राबडा पारिवारिक कारणले स्वदेश फर्किएको जनाएको थियो । तर, अहिले आएर प्रभावशाली बलर राबडाले आफू स्वदेश फर्किनुको कारण आफैँले खुलाएका छन् ।
राबडाका अनुसार, प्रतिबन्धित औषधि सेवन गरेका कारण निलम्बनमा परेकाले उनी स्वदेश फर्किएका हुन् । प्रतिबन्धित औषधि परीक्षण (डोपिङ) मा असफल भएपछि उनीमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले केही खेलको प्रतिबन्ध लगाएको थियो ।
यसै वर्ष जनवरीमा भएको दक्षिण अफ्रिका टी–२० लिगका क्रममा उनले प्रतिबन्धित औषधि सेवन गरेका थिए । डोपिङ परीक्षणको नतिजा पोजेटिभ आएपछि उनी प्रतिबन्धमा परेका थिए । सोही कारणले उनी आइपिएल बिचमै छाडेर दक्षिण अफ्रिका फर्किएका थिए ।
‘डोपिङ परीक्षणमा असफल भएकाले मैले आइपिएल बिचमै छाडेर दक्षिण अफ्रिका फर्कनुपर्यो । यसका लागि म निकै लज्जित छु । म आफ्नो टोली गुजरात टाइटन्स र समर्थकहरूसँग क्षमा याचना गर्न चाहन्छु,’ उनले भनेका छन् ।
राबडाले अहिले पनि आफू प्रतिबन्धकै अवधिमा रहेको पनि जनाएका छन् । ‘अहिले पनि म प्रतिबन्धकै अवधिमा छु । तर, छिट्टै प्रतिबन्धको अवधि पूरा गरेर म मैदानमा फर्कनेछु । अप्ठ्यारो स्थितिमा पनि मलाई सहयोग गर्ने दक्षिण अफ्रिका क्रिकेट, गुजरात टाइटन्स र आफ्ना समर्थकहरूप्रति म आभारी छु,’ राबडाले भनेका छन् ।
जारी सिजनको आईपीएलमा राबडाले केवल दुई खेल खेलेका छन् । उनले दुई खेलमा दुई विकेट पनि लिएका थिए । दोस्रो खेल खेलेपछि अप्रिल ३ तारिखमा उनी दक्षिण अफ्रिका फर्किएका थिए । उनीमाथि कति समयका लागि प्रतिबन्ध लगाइएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण