अस्पतालको भवन निर्माणमा १ करोड ८४ लाख भ्रष्टाचार आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष भवन निर्माणमा १ करोड ८४ लाख ३८ हजार रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुर, शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा शुशिलप्रसाद यादव र तत्कालीन लेखापाल सुदिप कुमार माझी, मूल्याङ्कन समिति संयोजक डा.विरेन्द्रबहादुर प्रधान र सदस्य–सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्माविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।यस्तै लुम्बिनी मिसन जेभीलाई पनि अख्तियारले विपक्षी बनाएको छ ।
अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउने र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एम ३५ इन्टरलक ब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको आरोप उनीहरुलाई छ ।
प्रतिस्पर्धालाई सीमित हुने गरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७७/०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्टरलक टायललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।
अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुर, शहरी विकास पर्साका प्रमुख इन्जिनयर साह र इन्जिनियर अन्सारी, अस्पतालका तत्कालीन नासु यादव र लेखापाल माझीविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र बोस्निया–हर्जगोभिनाबिचको खेल सुरु
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
पहिलो म्याचिङ् लिस्टबाट छात्रवृत्तिका लागि ३ हजार ५१ जना विद्यार्थी भर्ना: दोस्रो म्याचिङ लिस्टमा ४८६ जना विद्यार्थी
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण